विश्व मधुमेह दिवसको अवसरमा ९१ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

स्वर्णिम खबर
२८ कार्तिक २०७८, आईतवार १७:३५

२८ कात्तिक, हेटौँडा । हेटौँडा १ भिन्तुनापथस्थित पञ्चमुर्ति आयुर्वेद क्लिनिकले विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
लायन्स क्लब अफ हेटौंडा भुटनदेवी र लियो क्लब अफ हेटौंडा भुटनदेवीको आयोजनामा क्लिनिकले हेटौँडाको चिल्ड्रेन पार्कमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सेवा प्रदान गरेको हो । कार्यक्रममा ९१ जनाको मधुमेह र प्रेशरको निःशुल्क जाँच गरेको क्लिनिकका डाक्टर नितेश कुमार गिरीले जानकारी दिनुभयो । खानपान तथा जिवनशैली जन्य सल्लाह सुझाव सहित मधुमेहको औषधी समेत दिईएको डाक्टर गिरीले बताउनुभयो । कार्यक्रममा लायन्स क्लबका अंकिता सुमार्गी, गायत्री श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*