१ सय २७ किलो गाँजा बोकेको ट्रकसहित ३ जना पक्राउ

स्वर्णिम खबर
२० श्रावण २०७८, बुधबार १४:४५

२० साउन, हेटौँडा । मकवानपुर प्रहरीले १ सय २७ किलो गाँजा बोकेको भारतीय ट्रकसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र विरगंज महानगरपालिका वडा ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेको छ । बुधबार बिहान मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट तीन जनालाई १ सय २७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गरेको थियो । चेक गर्ने क्रममा ट्रक पछाडी फल्स बटम बनाएर लुकाइएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*