अमेरिकाले दिएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप काठमाडौं आइपुग्यो

स्वर्णिम खबर
२८ असार २०७८, सोमबार १२:५२

२८ असार, काठमाडौं । अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ ।
अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रममा विच स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताउनुभयो । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । खोप सहयोग हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले खोप अमेरिकी जनताको तर्फबाट उपहार स्वरुप दिएको बताउनुभयो । अमेरिकी सरकारले खोप कुनै काम लिन वा सुविधा पाउनका लागि नदिएको उहाँले स्पष्ट पार्नुभयो । राजदूत बेरीले कोभिड–१९ को प्रतिकार्यका लागि अमेरिकी सरकारले नेपाल सरकारलाई हालसम्म ७ करोड डलर भन्दा बढी सहयोग गरिसकेको पनि उल्लेख गर्नुभयो । आगामी दिनमा पनि नेपाली जनताको जीवन रक्षाको लागि अमेरिकी सरकार साथमै रहेको उहाँले बताउनुभयो । प्राप्त भएको जोन्सन एन्ड जोन्सन खोप एक मात्रा मात्रै लगाए पुग्ने बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*