१ सय ७८ किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

स्वर्णिम खबर
२४ असार २०७८, बिहीबार ११:४५

२४ असार, हेटौँडा । मकवानपुर प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट १ सय ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान हेटौडा उपमहानगरपालिका वडा नं.५ रिलायन्स बोडिङ् स्कुल अगाडी प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको डिआई गाडीबाट १ सय २० किलो ९ सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको मोवाईल गाडीलाई देख्नसाथ उक्त डिआई गाडीका चालक फरार भएका थिए । उक्त गाडी चेक जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको १ सय २० किलो ९ सय ग्राम लागुऔषध गाँजा सहित गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । फरार चालकको खोजि कार्य भईरहेको उहाँले बताउनुभयो ।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–१५ रातोमाटेबाट ५७ किलो ९ सय ग्राम गाँजा, पिकअप गाडी सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा चालक चितवन राप्ति नगरपालिका–६ का २६ बर्षीय सञ्जय चौधरी र ४८ बर्षीय लालजी साह रहेको छ । चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च १५०५ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा ५७ किलो ९ सय ग्राम गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*