५१.६० क्युफिट काठ, ट्रिपरसहित ३ जना पक्राउ
१३ असार, हेटौँडा । हेटौंडाबाट ५१ क्युफिट काठ, ट्रिपरसहित ३ जना पक्राउ परेका छन् ।
हेटौंडा–१९ नेवारपानी स्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डमा प्रहरीले टिपर, काठ र तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रिपर चालक मनहरी–७ बिजौना बस्ने बर्ष २५ को बाबुलाल मोक्तान, ट्रिपरमा सवार सोही ठाउँका बर्ष २६ को राजु प्रजा र सोही गाडिमा सवार बिजौनाकै बर्ष २६ को निशान प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाले बताउनुभयो ।
मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ ख ५५०१ नंम्बरको टिपरलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई ल्याएको अबैध सालको काठ ५१ दशमलब ६० क्युफिट फेला परेको प्रहरीले जनाएको छ । काठ, ट्रिपर सहित नियन्त्रणमा लिई आवश्यंक कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको छ ।













