७९ किलो गाँजासहित राक्सीराङबाट २ जना पक्राउ

स्वर्णिम खबर
१२ असार २०७८, शनिबार १७:१९

१२ असार, हेटौँडा । मकवानपुर प्रहरीले राक्सिराङबाट ७९ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–९ का २० बर्षीय प्रताप स्याङतान र कैलाश–२ का ४३ बर्षीय लाल बहादुर स्याङतान रहेका छन् । प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको टोलिले राक्सिराङ–५ स्थित परेवाभिर सडकखण्डमा मनहरीतर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेको ८÷९ जना मध्ये अन्य मानिसहरु बोकिल्याएको भारी फालि फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रताप र लालबहादुरलाई नियन्त्रणमा लिई उनीहरूले बोकी ल्याएको भारी जाँच गर्दा लागुऔषध गाँजा ७९ किलो फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । लागऔषध सहित उनीहरु माथि थप अनुसन्धान भइरहेको र फरारहरुको पनि खोजी कार्य तीव्र भएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*