हेलम्बुमा मदन भण्डारी प्रतिष्ठानको स्वास्थ्य शिविर

स्वर्णिम खबर
१२ असार २०७८, शनिबार ०७:२१

१२ असार, हेटौँडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा स्वास्थ्य शिविर संचालन गरीरहेको छ ।
बिगत ३ दिन देखी संचालित सिबिरमा फरक फरक विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गरीरहेको छ । गत असार १ गते आएको बिनासकारी बाढी पहिरोका कारण त्यस क्षेत्रमा स्वास्थ उपचारमा थप सेवा पुर्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफै चिकित्सकसहितको टोली लिएर हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकनमा पुग्नुभएको थियो । हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर चलिरहेको प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो। हाल हेलम्बुको क्षेत्रमा संचालित सिबिरमा नेपाल प्रहरी र नेपाली सेना सहितको स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले एक हप्तासम्म सेवा प्रदान गर्ने सिबिरमा सहभागी कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*