मकवानपुरमा आइतबार २ सय २१ जना कोरोना संक्रमणमुक्त, ८१ जना संक्रमित थपिए
३० जेठ, हेटौँडा । पछिल्लो २४ घण्टामा मकवानपुरमा २ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइशोलेसनबाट २ सय २ जना र संस्थागत आइसोलेशनबाट १९ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका १ सय ४७ जना, थाहा नगरपालिकाका ३८ जना, मकवानपुर गढी गाउँपालिकाका ७ जना, कैलाश गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका २० जना र भिमफेदी गाउँपालिकाका ६ जना रहेको छ । योसंगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट ३७ र एन्टिजन परीक्षणबाट ४४ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएका छ । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका ३३ जनामा रहेको छ । यस्तै थाहा नगरपालिकाका ७ जना, बकैया, मकवानपुर गढी र कैलाश गाउँपालिकाका १–१ जना, मनहरी गाउँपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका ९ जना र राक्सीराङ गाउँपालिकाका १८ जना रहेका छन् । यो संगै मकवानपुरमा कुल संक्रमितको संख्या ९ हजार ८ सय ५१ पुगेको छ ।
मकवानपुरमा हालसम्म कोरोना संक्रमणबाट १ सय १० जनाको ज्यान गएको छ ।













