१२ किलो ३ सय ग्राम गाँजासहित राक्सीराङबाट ३ जना पक्राउ

स्वर्णिम खबर
२२ जेष्ठ २०७८, शनिबार १७:३७

२२ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले १२ किलो ३ सय ग्राम लागुऔषध गाँजा सहित ३ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका ७ बस्ने ४७ वर्षीय हिरा बहादुर मोक्तान, सोही ठाउँ बस्ने २४ वर्षीय राम बहादुर मोक्तान र सोही ठाउँका २४ वर्षीय ठाकुर सुनार रहेको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ५ बोटबारी स्थित सडक खण्डमा शंकास्पद रुपमा झोला बोकी हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उनीहरुलाई गाँजासहित नियन्त्रण लिई थप अनुसन्धानको प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*