प्रधानमन्त्रीबाट संविधान मास्ने र सिध्याउने खेल भयोः राष्ट्रियसभा सदस्य डा.देवकोटा

स्वर्णिम खबर
१४ जेष्ठ २०७८, शुक्रबार १५:२८

१४ जेठ, काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भुमिका हुने बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायि हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताउनुभयो । संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उहाँले आफ्नो भुमिका संविधानलाई बचाउन र संविधानलाई सहि दिशामा ल्याउनका लागि हुने बताउनुभयो । डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुर्नस्थापनाको विकल्प नभएको उहाँले बताउनुभयो । संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गइएको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिनुभएको छ । डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल समुहको सहयोगमा निर्वाचित हुनुभएको हो । उहाँले नेकपा(एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*