राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकियो ,१० जनाको मत खसेन

स्वर्णिम खबर
६ जेष्ठ २०७८, बिहीबार १५:४४

६ जेठ, हेटौँडा । बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ ।

बिहिबार बिहानबाट सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म १ सय ५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३२ जना गरी ३ सय ३७ जनाले मतदान गरेका छन् । स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । बागमती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बिहीबार नै मतगणना गर्ने र साँझसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*