हेटौँडा, नेपालगञ्ज लगायतका ठाउँमा अक्सिजन उत्पादनको प्लान्ट राख्न सहजीकरण गर्ने

स्वर्णिम खबर
५ जेष्ठ २०७८, बुधबार १२:१८

५ जेठ, हेटौँडा । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्नका लागि कम्पनीहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने बताएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानि लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताउनुभयो । नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लगानीकर्ता ब्याबसायीले लिमिटेडको जग्गा रहेको हेटौंडा, मोतिपुर, नेपालगञ्ज, सुदूरपश्चिम लगायतका ठाउँमा अक्सिजन उत्पादनको प्लान्ट राख्न सहजीकरण गर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले केही कम्पनीहरुसँग कुराकानी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले अहिले भईरहेका अक्सिजन प्लान्टले आवश्यकताको पुर्ति गर्न नसकेको भन्दै उहाँले प्लान्टको क्यापिसिटी वृद्धि गर्नुपर्ने पनि बताउनुभयो । अक्सिजन अभावको परिपुर्तिको लागि अब छिमेकी मुलुक चीन र भारतबाट लिक्विड अक्सिजन ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले १५ दिन भित्र बालाजु औद्योगिक क्षेत्रमा ५० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक राखिने पनि बताउनुभयो । अक्सिजन लिक्विडको व्यवस्थापन र अक्सिजन प्लान्टको क्षमता बढाइने पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*