सोमबार ९२४७ संक्रमित थपिए, २१४ जनाको मृत्यु

स्वर्णिम खबर
३ जेष्ठ २०७८, सोमबार १७:४८

३ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सोमबार एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । यो सँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५२ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार १ सय ९८ र ४ सय ३४ जनमा गरिएको एन्टिजेन परीक्षणमा ४९ जना गरी जम्मा ९ हजार २ सय ४७ जनामा संक्रमण भएको छ । संक्रमितमध्ये काठमाडौंमा २ हजार ३ सय ४६, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ४ सय ५४ गरी काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९८ जना रहेका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*