अक्सिजन प्लान्ट छिटो जडान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

स्वर्णिम खबर
३ जेष्ठ २०७८, सोमबार १३:१६

३ जेठ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेका १३ वटै जिल्लाका अस्पताललाई अक्सिजन प्लान्ट छिटो जडान गर्न निर्देशन दिनुभएको छ ।
प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्नुहुँदै मुख्यमन्त्री पौडेलले कोरोना संक्रमित बिरामीको उपचारलाई सहज बनाउन प्रत्येक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्नुभएको हो । उहाँले अक्सिजन प्लान्टको जडान गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको पनि जानकारी दिनुभयो । अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न पनि मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । उहाँले प्रदेशमा आवश्यकताअनुसारको आईसोलेशन, कोभिड अस्पताल र ति अस्पतालहरुलाई आवश्यकपर्ने जनशक्ति लगायतका आवश्यकताको अभाव हुन नदिन सरकार सक्रिय रहेको बताउनुभयो । यस्तै सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक स्थानीय तहले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*