कोरोना संक्रमण जोखिमका दुष्टिले आगामी ३ साता निकै कठिनः जनस्वास्थ्यविद् पाण्डे

स्वर्णिम खबर
३० बैशाख २०७८, बिहीबार १२:०३

३० वैशाख, काठमाडौं । जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

कोभिड १९ को पहिलो लहर भन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी तथा विरामीको स्वास्थ्य अवस्था जटिल बनाउने देखिएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले दोश्रो लहरमा कोभिड १९ संक्रमणको फैलावट बढी भएको, कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमि हुने लक्षण देखिएकाले बढी सतर्क हुन जरुरी रहेको बताउनुभएको हो । उहाँले दोश्रो लहरमा धेरै संक्रमितमा इण्डियन भेरियन्ट नै देखिएको तथा खुल्ला सिमानाका कारण भारतमा फैलिदोँ संक्रमणकै गतिमा नेपालमा पनि संक्रमितहरु बढ्न सक्ने अवस्थालाई मनन गरी आगामी ३ हप्ता दुख सहेरै भएपनि घर भित्रै बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सही तरिकाले डबल मास्क लगाएर भौतिक दुरी कायम गर्न सकेमा संक्रमणको चेन तोडिने विश्वास व्यक्त गर्नुभयो । तर त्यसका लागि आम नागरिकमा आत्मअनुशासन आवश्यक रहेको बताउनुभयो । धेरै देशहरुमा नागरिकहरु अनुशासित भएर बसेकाले कोभिड नियन्त्रणमा सहज भएको भन्दै उहाँले त्यसतर्फ समयमै सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले विद्यमान अवस्थामा अस्पतालहरुमा बेड कमि भएकाले विस्तारका लागि धैरै काम गर्नुपर्ने भएपनि हेल्थ सिस्टम नै कोल्याब्स भयो भन्ने कुरा सही नभएको दाबी गर्नुभयो । जनस्वास्थ्यविद् डाक्टर पाण्डेले कोभिड १९ संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पालनामा कडा निगरानी गर्नुको साथै अस्पतालहरुको क्षमता वृद्धि, अक्सिजनको सहज आपुर्ति र खोप आयातमा विशेष पहल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले संक्रमित भएपनि खोपको दोश्रो डोज लगाएकाहरु संक्रमित भएपनि स्वास्थ्य अवस्था गम्भीर नभएकाले खोपको सुनिश्चितता गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालहरुले अक्सिजन लगायतको कारण देखाएर विरामीलाई फर्काउने काम नगर्न र सकेको उपचार र परामर्श दिन आग्रह गर्नुभयो । संक्रमितहरुले पनि छाती लगायतको प्रारम्भीक परीक्षण गरी सचेतता अपनाउन पनि आग्रह गर्नुभयो । उहाँले महामारी समुन्द्रको छाल जस्तो भएको र उच्चविन्दुमा पुगेपछि क्रमैसंग तल झर्दै जाने भएकाले आगामी ३ हप्ता विशेष सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अस्पताल, विरामी र नकारात्मक समाचारमा भन्दा आत्मबल बलियो बनाई, योजनाबद्ध तरिकाले संक्रमित भईहाले के गर्ने भन्नेबारे पुर्वतयारीका स्वास्थ्यका मापदण्ड अपनाएर घरमै बस्न सुझाव दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*