उच्च आर्थिक बृद्धि दर हासिल गर्न प्रदेश सरकार क्रियाशिलः प्रदेश प्रमुख

स्वर्णिम खबर
२९ माघ २०७७, बिहीबार १९:२३

९ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले प्रदेश सरकार सामाजिक न्यायसहितको उच्च तथा दिगो आर्थिक बृद्धि दर हासिल गर्न क्रियाशिल रहेको बताउनुभयो ।
बागमती प्रदेश सरकारको तेस्रो बार्षिकोत्सवको अवसरमा प्रदेश राजधानी हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख प्रसाईले ३ बर्षको अवधीमा उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा सुधार जस्ता क्षेत्रमा प्रदेश सरकार लागि परेको वताउनु भएको छ । प्रदेश सरकारले संविधानको मर्म र भावनालाई बुझेर आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई इमान्दारीपूर्वक जनताको माझमा लैजान गरेको प्रयास जनमुखी रहेको उल्लेख गर्नुभयो । यस्तै मुख्यमन्त्री डोरमणि पौडेलले सरकारलाई अहिले सहयोग गर्ने भन्दा पनि असहयोग गर्ने काम धेरै भएको बताउनुभयो । अत्यन्तै प्रतिकुलताका विच समेत प्रदेश सरकारले उत्कृष्ट काम गरेको मुख्यमन्त्री पौडेलले दाबी गर्नुभयो । तीन वर्षमा गरिएका कामको सबै विवरण बिमोचन भएको पुस्तकमा समेटिएको उहाँले वताउनुभयो । यस्तै बागमती प्रदेशका मभामुख सानुकुमार श्रेष्ठले यस प्रदेशमा नमुना मुलक काम भएको वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब डाक्टर मानबहादुर विके लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*