कांग्रेस संयुक्त आन्दोलनमा जानु हुँदैनः शशांक कोईराला

स्वर्णिम खबर
२६ माघ २०७७, सोमबार १८:३६

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशाक कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको छ ।
सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको हो । नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उहाँको भनाई छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उहाँले बताउनुभयो । महामन्त्री कोईरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताउनुभयो । उहाँले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने उहाँको भनाई छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताउनुभयो । ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*