आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्छः अध्यक्ष नेपाल

स्वर्णिम खबर
१ माघ २०७७, बिहीबार १८:४४

१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाई छ । विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गर्दै अघि बढेपनि आर्थिक विकासको निम्ति मानव संसाधन पनि महत्वपूर्ण हुने भन्दै उहाँले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्नेकुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । प्रणाली बनाउने कुरामा सरकारको भुमिका हुने भएपनि सरकार गम्भिर नभएको उहाँको भनाई छ । उहाँले नेपालमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात रोक्नुपर्ने बताउनुभयो । आयात प्रतिस्थापन गर्ने बस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*