कोरोना भए उपचार आफ्नै खर्चमा
सरकारले अवदेखि कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएको छ । आसोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस्तो व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ । यस्तै प्रवक्ता गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको भने सरकारले परीक्षण र उपचार गर्ने बताउँनुभयो । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि प्रवक्ता गौतमले बताउँनुभयो । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गते देखि नै लागू भएको पनि प्रवक्ता गौतमले स्पष्ट पार्नुभयो ।













