मकवानपुरमा ३५ जनामा कोरोना पुष्टि

स्वर्णिम खबर
३ कार्तिक २०७७, सोमबार ०८:१३

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार सोमबार बिहान ३५ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार १४ महिला र २४ पुरुषमा संक्रमण पुष्टी भएको निरिक्षक चौलागाईले जानकारी दिनुभयो । निरीक्षक चौलागाईका अनुसार हेटौंडा उमहानगरापलिकाको वडा नम्बर २ का ८ जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ९ का ७ जना र वडा नम्बर १० का एक जनामा कोरोना पुष्टि भएको हो । यसैगरि जिल्ला बाहिरका दुई जनामा पनि कोरोना पुष्टि भएको निरीक्षक चौलागाईले जानकारी दिनुभयो । असोज ३० गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको ९२ जनाको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*