दशैलाई लक्षित गर्दै ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने

स्वर्णिम खबर
६ आश्विन २०७७, मंगलवार १५:०७

६ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।

हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ रुपमा विक्रि गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसी÷बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी÷बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सर्मिला सुवेदीले बताउनुभयो । कति संख्यामा खरिद गर्ने भन्ने एकिन भएपनि कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।संस्थानले विगत वर्षहरु जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि विक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन गर्ने उहाँले बताउनभुयो । एकिकृत रुपमा र आफ्नै आउटलेटबाट सुपथ मूल्यमा बढी भन्दा बढी स्थानमा सुपथ मुल्य सपल सञ्चालन गरिने उहाँले बताउनुभयो । संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ । गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*