हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

स्वर्णिम खबर
२० चैत्र २०८२, शुक्रबार ११:५१

२० चैत्र, काठमाडौँ । हेटौंडामा एसईई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
शुक्रबार बिहान हेटौंडा १० स्थित सोलिड्यारेटी मा.वि परिक्षा केन्द्रमा अर्काको नामको प्रबेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिने एक जना नक्कली परिक्षार्थी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउककंपालिका वडा नम्बर ४ घर भई हाल हेटौडा ४ स्थित हेटौडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्यनरत अन्दाजी १७÷१८ वर्षीय बिराज बि.क रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका विक माथि थप अनुसन्धान गर्दा निजले हेटौडा– १२ पदमपोखरी बस्ने किशोर श्रेष्ठको छोरा १९ वर्षीय अंकिश श्रेष्ठको नामको प्रवेश पत्र लिई परिक्षा दिन आएको स्वीकार गरेको प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो ।
विक संगै श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*