सभामुख पदमा डिपी अर्यालको उम्मेदवारी दर्ता

स्वर्णिम खबर
२० चैत्र २०८२, शुक्रबार ११:४४

२० चैत्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सभामुखका लागि उम्मेदवारी दिनुभएको छ ।
शुक्रवार सिंहदरवारस्थित संघीय संसद सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि मनोनयनपत्र बुझाउनुभएको हो । सो अवसरमा पार्टीका सभापति रवि लामिछाने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, रास्वपाका सांसदहरु सहभागी हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा करिव दुई तिहाई मत १ सय ८२ सिट रहेकाले उपसभापति अर्याल सभामुख बन्ने निश्चित छ ।
यसअघि उहाँले सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको भुमिका पनि निर्वाह गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*