संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका सल्लाहकारको नेतृत्वमा कार्यदल गठन

स्वर्णिम खबर
१६ चैत्र २०८२, सोमबार १८:१२

१६ चैत्र, हेटौँडा । सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनुभयो । प्रवक्ता पोखरेलका अनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा बन्ने समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू रहनेछन् । उक्त समितिले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका लागि बहस पत्र तयार गर्नेछ ।
त्यसैगरी सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत्र १९ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । चैत्र १९ गते बिहीवारका दिन अपरान्ह २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*