ओली पक्राउको विरोधमा हेटौंडामा प्रदर्शन
१४ चैत्र, हेटौँडा । अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध नेकपा एमाले मकवानपुरले विरोध प्रदर्शन गरेको छ ।
पार्टी कार्यालयमा विरोध ¥याली निकाल्दै एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुद्धचोकमा कोणसभा गरी उनीहरुले प्रदर्शन गरेका हुन् । शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।
त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।













