ओली र लेखक पक्राउ
१४ चैत्र, हेटौँडा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका बेला प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक थिए । जेनजी आन्दोलनको घटनाबारे छानविन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनको सिफारिसको आधारमा प्रहरीले ओली र कार्कीलाई पक्राउ गरेको हो । शुक्रबार मात्र बसेको मन्त्रीपरिषद् बैठकले कार्की नेतृत्व आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
ओलीलाई भक्तपुरको गुण्डुबाट पक्राउ गरिएको हो भने लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरिएको छ । ओलीको पक्राउप्रति नेकपा एमालेका नेता कार्यकर्ताले विरोध जनाइरहेका छन् भने नेपाली काँग्रेसले लेखकको पक्राउका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । नेपाली काँग्रेसले घटनाको समीक्षा गरेर मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।













