प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण

स्वर्णिम खबर
१३ चैत्र २०८२, शुक्रबार १३:१७

१३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी लगायतका विभिन्न राजनीतिकका नेताहरु लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता साहले वैदिक विधिअनुसार शपथ लिनुभएको हो । त्यस अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो । नवनिर्वाचित मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
त्यसैगरी राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउनुभएको हो । नयाँ मन्त्रीपरिषदमा प्रधानमन्त्री बालेन्द्र साहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लिनुभएको छ ।
त्यसैगरी डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री, खडक पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पदको शपथ लिनुभयो । त्यसैगरी डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषि तथा पशुपंक्षी विकासमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दीपककुमार साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*