हेटौंडा–६ चौघडा दिब्यनगरमा ‘पञ्चमुखी भगवती’ प्रकट भएको दाबी, पूजा सुरु

स्वर्णिम खबर
१२ चैत्र २०८२, बिहीबार १७:२६

१२ चैत्र, हेटौँडा । हेटौंडा–६ चौघडा स्थित दिब्यनगर क्षेत्रमा ‘पञ्चमुखी भगवती’ प्रकट भएको दाबी गर्दै स्थानीय बासिन्दाले पूजा–आराधना सुरु गरेका छन ।
स्थानीय शोभा घिमिरे (माता) लाई सपनामा उक्त स्थानमा पञ्चमुखी भगवतीको वास रहेको संकेत प्राप्त भएको बताइएको छ । सोही सपनाको आधारमा खोजी गर्दा भगवतीको आकृतिसँग मिल्दोजुल्दो वस्तु फेला परेपछि स्थानीयवासीहरूले पूजा सुरु गरेका हुन । स्थानीय लोकनाथ ढकालका अनुसार सपनामा देखाइएअनुसारकै आकृति भेटिएपछि श्रद्धालुहरूमा विश्वास बढेको छ र दैनिक रूपमा पूजा गर्न भक्तजनहरूको घुइँचो लाग्न थालेको छ ।
शोभा घिमिरे (माता) ले यस क्षेत्रमा साक्षात् भगवतीको वास रहेको विश्वास गर्दै यसलाई धार्मिक स्थलको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*