कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

स्वर्णिम खबर
११ चैत्र २०८२, बुधबार ११:५१

११ चैत्र, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकास्थित कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।
बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्ति लोकपथ सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट एरियल कम्पनीको सरफ लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो । बिहान करिब २ः५० बजे ट्रक सडक नजिकै रहेको स्थानीय ओमान सिंह तितुङको खाली घरमा ठक्कर खाई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनामा ट्रक चालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको हेटौडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*