राक्सीराङको चुर्लिङ खोलाकोे पुल निर्माणमा चरम लापरबाही

स्वर्णिम खबर
१० चैत्र २०८२, मंगलवार १४:३३

१० चैत्र, काठमाडौँ । सेफ ईन्जीनियरिङ बिल्डर्स प्राली भरतपुर २ चितवनले ५ वर्षअघि निर्माण थालेको पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिका वडानम्बर ३ पलाँसे र मैनटार जोड्ने चुर्लिङ खोलाकोे पुल निर्माणमा चरम लापरबाही देखिएको छ ।
८० मीटर लम्बाईको पुल निर्माणका लागि डिभीजन सडक कार्यालय हेटौँडाले २०७७ माघ २८ मा निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । २०७९ माघ १६ मा निर्माण सक्नुपर्ने गरी ६ करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण कार्य सुरु गरिएको थियो ।
निर्माण कार्यमा ढिलासुस्ती हुँदा २०८२ माघ ५ गतेसम्मका लागि सम्झौता अबधि थप गरिएको थियो । म्याद थप गरिएको समयमा पनि निर्माण कम्पनीले काम नगरेपछि दोस्रो पटक म्याद थप्ने तयारी भईरहेको डिभीजन सडक कार्यालय हेटौँडाकी इन्जीनियर दिलासा तिवारीले बताउनुभयो । पुल बनेपछि राक्सीराङ गाउँपालिकाको वडा नम्बर १, २ र ३ का स्थानीयलाई सहज हुने बताईएको छ । गरिब विपन्न चेपाङ र तामाङ समुदायको बसोबास रहेको यस क्षेत्रको पुल निर्माणमा निर्माण कम्पनीले लापरवाही देखाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*