राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस

स्वर्णिम खबर
१ चैत्र २०८२, आईतवार १७:३६

१ चैत्र, हेटौँडा । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनयन गर्न सिफारिस गरेको छ ।
आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका अर्यालले सो जानकारी गराउनु भयो । उहाँकाअनुसार बैठकले जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा विध्वंश छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन समेत ग्रहण गर्ने निर्णय गरेको छ ।
उहाँले जलवायु कार्य गर्नको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार चार सय २७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो ।
मध्यपूर्वमा बढ्दो तनावका कारण प्रभावित नेपाली नागरिकको उद्धार तथा व्यवस्थापनका लागि विभिन्न देशका दुतावासमार्फत व्यवस्था मिलाउने निर्णय भएको पनि उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*