पञ्चायती दमनविरुद्ध भित्ते पत्रिकाबाट सुरु भएको रानाको राजनीतिक यात्रा
नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाको राजनितीक अनुभवमा आधारित रहेर तयार पारिएको लेख
२०३६ साल ताका नेपाली समाजमा पञ्चायती ब्यवस्थाको चरम दमन थियो । आफ्ना कुराहरु प्रष्टसंग समाजमा राख्न पाईदैन थियो । समाजमा मानिसहरुको चेतना अहिले जस्तो फराकिलो थिएन । शासक र सामन्तका अन्यायलाई मानिसहरु चुपचाप सहिदिन्थे । सामन्तका अन्यायलाई मानिसहरु आफ्नो भाग्यसंग तुलना गर्दथे । म स्कुले जीवनमा रहँदा नै यी सब अन्यायहरुका बिरुद्ध बोल्नु पर्दछ भन्ने ठान्दथे । तर कसरी बोल्ने ? अन्यौलता थियो । हाम्रा आवाजहरु राज्यबाट दबाईएका थिए । मानिसहरु भेला हुन, सभा बैठक गर्न असम्भव थियो । क्रान्तीकारीहरु भूमीगत थिए । उनीहरुका कुरा सुन्नु र उनीहरुलाई सेल्टर दिनु समाजमा अराष्ट्रिय तत्वको उपमा प्राप्ती हुन्थ्यो । मानिसमा चेतना भर्नु थियो । जागरण ल्याउनु थियो ।
त्यसो हुँदा साथीभाई मिलेर भित्ते पत्रिका निकाल्ने योजना बनायौँ । हामी रातदिन भित्ते पत्रिका तयार पार्थ्यौँ । झिसमिसेमै पत्रिका चोक चौतारोमा लगेर टाँस्थ्यौ । मानिसहरु जम्मा भएर पत्रिका पढ्थे । कतिपय बेला राज्यका सिपाहीहरु आएर पत्रिका च्यातीदिन्थे । हामीले रातदिन मेहनत गरेर बनाएका भित्ते पत्रिका क्षणभरमै नष्टहुँदा हाम्रा सपनाहरु ढलेनन् । हाम्रा उद्देश्यहरु अझै दरिलो बने । आत्म विश्वास भर्दै फेरी अर्को पत्रिका निर्माणमा जुटीहाल्थेउ । समाजमा जागरण ल्याउन हामीले भोगेका पञ्चायतका कालरात्री अहिलेका युवा पुस्ताहरुका लागि एकादेशका कथा सरह छन् । तर हामी अहिले पनि जागरणका लागि सामजिक संघर्षमा छौँ । हामी भन्दा अघिका अग्रजहरुले २००७ सालको क्रान्तीमा सहभागीता जनाउनुभयो । २००७ सालपछि ०३६ सालको क्रान्ती भयो । यी क्रान्तीहरुमा हाम्रा अग्रजहरुका रगत बगे । २०४६ साल हुँदै २०६२–०६३ को जनआन्दोलनमा हामीले अनेकौँ जेल नेल सहेर यो परिवर्तन ल्याएका हौँ । हजारौको बलीदानी र रगतसंग साटेर ल्याएको लोकतन्त्रलाई बलीयो बनाउने सामथ्र्य हामीसंग छ ।
हिजो समाजमा चेतनाको कमी थियो । चेतना फैल्याउने माध्यमहरु कमजोर थिए । तर अहिले समाजमा भ्रम छर्ने माध्यमहरु बलियो भएका छन् । यो चुनौतीसंग सामना गर्न हामी अझै सशक्त ढंगबाट उभिनुपर्छ । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनाका लागि नेकपा एमाले एकताबद्ध छ । एकतामा बल हुन्छ । धैर्यता र ईमान्दारितामा अझै बलीयो शक्ती हुन्छ । मैले राजनीतीमा प्राप्तीलाई कहिल्यै महत्व दिईन । कैयौ अवसरहरु गुम्दा पनि हाँसीहाँसी पार्टी काममा लागि रहे । मैले नेकपा एमालेको सिपाही भएर पाएको जिम्मेवारीमा कहिल्यै बेईमानी गरेको छैन । हिजो वडाको जिम्मेवारीमा रहँदा होस् वा जिविस सभापतिको भूमिकामा मकवानपुरको विकाससंग हामी जोडएिका छौँ । मकवानपुरमा सडक सञ्जालको परिकल्पना हामीले गरेका हौँ ।
योजनाबद्द बिकासको परिकल्पना हाम्रै पालाबाट सुरुवात भएको हो । तथ्यांक सहितका बिकासका मोडेलमा काम गर्दा मकवानपुरमा परिवर्तन देखिएका हुन् । यहाँको विकासमा एमालेको सपना गाँसिएको छ । निती निर्माणमा हाम्रो सदैब सकारात्मक भूमिका छ । संगठनात्मक रुपमा हामीले रोपेको जागरणको अभियानलाई कमजोर पार्न सामाजिक सञ्जालमा भ्रम फैल्याउनेहरु एकजुट हुँदा त्यसको प्रतिकारमा एमाले र यसका शुभेच्छुहरु उभिनु पर्छ । निर्वाचनका बेला फैल्याईने अनेकौ अफबाहरुको सामना सबै निर्वाचनमा हामीले गरेका थियौँ । यो निर्वाचनमा पनि सबै भ्रमका जालोहरु तोडेर दुबै क्षेत्रमा सुर्य उदाउनेछ । भ्रमको अन्धकारले सुर्यको प्रकाश छेक्न सक्दैन ।
हामीसंग मुलुकलाई समृद्धीको बाटोमा डोर्याउने स्पष्ट निती छ, हामीले बिकास र समृद्धीको मार्गचित्र कोरेका छौँ । लहडमा होईन, सत्य र न्यायका पक्षमा एक्लै उभिन सक्ने सामथ्र्य भएका लाल योद्धाहरुको सामुहिक प्रतिबद्धता बोकेका अनुशाशीत कार्यकर्ताको बिशाल पङ्ती हामीसंग छ । हाम्रो झोलामा मकवानपुर सहित देश विकासको स्पष्ट खाका छ । यही खाका जनता माझ लिएर गएका छौँ । जनताको विश्वास र भरोसा एमाले माथि छ ।














