आचारसंहिता विपरीतको काम नगर्न जिसस प्रमुख घलानलाई सचेत

स्वर्णिम खबर
२९ माघ २०८२, बुधबार १३:४६

२८ माघ, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई निर्वाचन आचारसंहिता अनुगमन समितिले आचार संहिता उल्लंघन गरेको भन्दै सचेत गराएको छ ।
घलानले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको परिच्छेद २ को दफा ४(क) र परिच्छेद ३ को दफा ५(४) मा उल्लेखित प्राबधान विपरित सरकारी साधन प्रयोग गरी राजनीतिक दलको उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको भन्दै आचार संहिता विपरितको काम नगर्न सचेत गराएको हो ।
निर्वाचन आचार संहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा जिल्ला समन्वय समितिको बा २ झ ३१८९ नम्बरको सरकारी सवारी साधन आचार संहिता प्रयोग भएको देखिएकोले सचेत गराइएको हो । आगामी दिनमा आचार संहिता उल्लंघन हुने कार्य दोहोरिएमा कानून अनुसार कारवाही हुने पत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*