स्वरुप परिवर्तन गरी चलाइएका १२ वटा मोटरसाइकल नियन्त्रणमा

स्वर्णिम खबर
२० माघ २०८२, सोमबार १५:१२

१९ माघ, हेटौँडा । स्वरुप परिवर्तन गरी चलाइएका १२ वटा मोटरसाइकललाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार र आइतबार ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बजार क्षेत्रमा चेकजाँच गर्ने क्रममा विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो । सवारी साधनको विभिन्न पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेंसर बिगारी वा परिवर्तन गरी पड्किने आवाज निकाल्ने, रातको समयमा चर्को ध्वनि प्रदूषण मच्चाउने, समाजमा अशान्ति र आतंक सृजना गर्ने गरी चलाइएका मोटरसाइकलमाथि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।
उहाँका अनुसार बा.प्र.०३–००६ प ४८९८, प्र.३–०२–००९ प ५१८१, ना ४३ प ९८, बा.प्र.०३–००५ प ७५८८, बा.प्र.३–००५ प ९६१९, बा ३९ प ९१४१, बा.प्र.०३–००५ प ९०९०, बा ५४ प ४८९८, ध १ प ५९२३, प्र.३–०२–०१० प ९९०८, ना ५७ प ८५०७ र बा.प्र.०६–००१ प ८७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
उहाँका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, हेटौंडामा पठाइएको छ । कारवाही भएर आएपश्चात् मोटरसाइकललाई मुल स्वरुपमा नल्याउँदा सम्म चालकलाई मोटरसाइकल फिर्ता नगरिने समेत उहाँले बताउनुभयो ।
प्रहरीले अनुमति बिना सवारी साधन मोडिफिकेसन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै अभियानलाई निरन्तरता दिने जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*