परिवर्तनको अपेक्षा र नागरिक अनुभुति बीच दुरी बढ्नु विडम्बनापूर्णः प्रदेश प्रमुख देवकोटा

स्वर्णिम खबर
१७ माघ २०८२, शुक्रबार १३:२४

१६ माघ, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले परिवर्तनको अपेक्षा र नागरिक अनुभुति बीच दुरी बढ्नु विडम्बनापूर्ण भएको बताउनुभएको छ ।
राजनीतिक अस्तित्व, आर्थिक दबाब, विश्व परिवेश, बेरोजगारी, भ्रष्टाचार, युवा पलायन प्रतिको असन्तुष्टिले नागरिकलाई चिन्तित बनाएको उहाँको भनाई छ । शहिद दिवस २०८२ को अवसरमा शहिद स्मारक विकास समितिले हेटौंडा ११ स्थित शहिद स्मारकमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले नेतृत्वकर्ताहरु राजनीतिक अस्थिरतामा रुमल्दिा देश विकासमा अपेक्षाकृत नतिजा हासिल गर्न चुकेको बताउनुभयो ।
उहाँले देश प्रतिनिधिसभाको चुनावमा होमि सकेको अवस्थामा निर्वाचन नै लोकतन्त्रको मेरुदण्ड हो भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्ने बताउनुभयो । निष्पक्ष, स्वतन्त्र र विश्वासनीय चुनावबाट मात्र लोकतन्त्र बलियो बन्न सक्ने उहाँको भनाई छ । प्रदेश प्रमुख देवकोटाले चुनावलाई सत्ता प्राप्तिको प्रतिस्पर्धाको रुपमा मात्र लिन नहुने बताउनुभयो । चुनावले दलहरुलाई जनताको विश्वास मापन गर्ने र नवीकरण गर्ने अवसर प्रदान गर्ने उहाँको बुझाई छ । आसन्न चुनावलाई द्वन्द्व र विभाजन नभई एकताको आधार बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मतदाताको एक–एक मतको सम्मान गर्नु र चुनावी प्रक्रियालाई निष्पक्ष राख्नु नै शहीद प्रति सच्चा सम्मान हुने उहाँको धारणा छ ।


त्यसैगरी समारोहमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाललाई बदलेर समृद्ध नेपाल र नेपालीहरुको मात्र नेपाल बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । नेपाली झण्डा काँधमा ओढेर सिंहदरबार जलाउने व्यक्ति नेपाली हुन नसक्ने उहाँले टिप्पणी गर्नुभयो । विभिन्न समयमा नेता र नेतृत्व सहित राजनीतिक आन्दोलन भएपनि गत भदौ २३ र २४ गते नेता र नेतृत्वबिना भएको आन्दोलनले अकल्पनिय क्षति हुन पुगेको उहाँले जिकिर गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले युवा पुस्ताको नाममा अदृश्य शक्तिहरुले राष्ट्रको अस्तित्व समाप्त पार्ने चलखेल गरिरहेकोले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले अब नेपालमा राजनीतिक परिर्वतन हुन बाँकी नरहेकोले वर्तमान व्यवस्था भन्दा उत्तम व्यवस्था अरु कुनै नभएको दाबी गर्नुभयो ।
यसैगरी प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले शहिदहरुको सपना अझै पनि पुरा हुन नसकेको बताउनुभयो । विभिन्न राजनीतिक परिर्वतनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने जिम्मा सबैको भएको उहाँको भनाई छ । वर्तमान व्यवस्थाको संरक्षण गर्न नसक्दा शहीद दिवस मनाउनुको कुनै सार्थकता नहुने उहाँले बताउनुभयो । आजको युवा पुस्ता फरक ढंगले गलत दिशा तर्फ गइरहेको उहाँले उल्लेख गर्नुभयो । शहिदहरुले देखाएको बाटोलाई पछ्याउने जिम्मा युवा पुस्ताको काँधमा रहेपनि ति युवाहरुलाई भड्काइएको उहाँले टिप्पणी गर्नुभयो ।


कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार २०८२ बालकुमारी थापा स्मृति केन्द्रलाई प्रदान गरिएको छ । केन्द्रकी अध्यक्ष जुनेली माया श्रेष्ठलाई प्रदेश प्रमुख देवकोटाले नगद २५ हजार राशी सहित सम्मानपत्र प्रदान गर्नुभएको हो । सहिद स्मारकमा ढुंगामा कुदिएर बनाइएको सदिको प्रतिमामा प्रदेश प्रमुख, मुख्यमन्त्री, उपसभामुख, मन्त्रीहरुले माल्र्यापण समेत गरिएको थियो । दिवसकै अवसरमा समितिले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम समेत गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*