एजेण्डाको हिसाबले कांग्रेस र एमाले संगै छः सचिव बस्नेत

स्वर्णिम खबर
१२ माघ २०८२, आईतवार २०:३६

११ माघ, हेटौँडा । नेकपा एमालेका सचिव महेश बस्नेतले कांग्रेस र एमाले एजेण्डाको हिसाबले संगै रहेको बताउनुभएको छ ।
आइतबार हेटौंडा ४ स्थित भुटनेदवी माध्यमिक विद्यालय परिसरमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सदस्यहरुलाई बधाई दिए पश्चात् सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले आउँदो चुनावमा कांग्रेस र एमाले एकअर्काको प्रतिस्पर्धी भएपनि एजेण्डा र मुद्धाको हिसाबले दुबै पार्टी सगै रहेको जिकिर गर्नुभयो । लोकतन्त्र र संविधान नै खतरामा परिरहेको अवस्थामा कांग्रेस र एमालेले मित्रवत् प्रतिस्पर्धा गरिरहेको उहाँको भनाई छ । सचिव बस्नेतले बाह्य शक्तिहरुलाई सहयोग पुग्ने गरी पुराना दलहरु विरुद्ध जनमत सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो ।
उहाँले अहिले नयाँ शक्तिहरुले पुराना दलहरुले जनताको लागि केही गरेनन् भन्ने भ्रम फिजाउँदै गलत भाष्य निर्माण गरेको उल्लेख गर्नुभयो । विकल्प भनिएका शक्तिहरु पुराना दलहरुबिरुद्ध सामाजिक सञ्जालमार्फत नकारात्मकता फैलाउनमात्र उद्यत भएको उहाँले आरोप लगाउनुभयो ।
सचिव बस्नेतले युवा पुस्तालाई दिग्भ्रमित नहुन समेत आग्रह गर्नुभयो । युवाहरु राष्ट्र निर्माणको बाहक भएकोले गलत भ्रममा लाग्न नहुने उहाँको भनाई छ । युवाहरुको भावना माथि खेलेर देश नै जलाउने तत्वहरु विरुद्ध सर्तक हुनुपर्ने सचिव बस्नेतले बताउनुभयो । युवाहरुले चाहेको विकास र समृद्धि विगत देखि नै भएको दाबी गर्दै उहाँले आगामी चुनाव पछि विकासले थप गति लिने बताउनुभयो ।
सचिव बस्नेतले एमालेले महाधिवेशन लगायतमा प्रतिनिधिसभा सदस्य चुनावमा युवाहरुलाई स्थान दिएको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*