माघ १६ र १७ गते तेस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी हुने

स्वर्णिम खबर
९ माघ २०८२, बिहीबार १८:४५

८ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा यही माघ १६ र १७ गते तेस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी, नृत्य प्रतियोगिता तथा शैक्षिक प्रदर्शनी मेला आयोजना हुने भएको छ ।
हेटौंडा १० स्थित बसपार्कमा आयोजना हुने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा स्थानीय स्तरमा उत्पादन भएका घरेलु वस्तुहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनम ार्फत वडा कार्यालयले सो जानकारी दिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा रोजगार सृजनामा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिनुभयो । उहाँका अनुसार १९ वटै वडाका किसान तथा व्यवसायीहरूले उत्पादन तथा निर्माण गरेका सामग्रीहरू प्रदर्शनीमा राखिनेछन् ।
प्रदर्शनीका लागि घरेलु उत्पादनका एक सय वटा स्टल रहनेछन् । स्टल राख्ने उत्पादक तथा व्यवसायीका लागि यातायात सुविधा उपलब्ध गराइने र स्टल निःशुल्क प्रदान गरिने वडा अध्यक्ष लामाले बताउनुभयो । साथै, उत्कृष्ट प्रदर्शनी गर्ने सहभागीलाई पुरस्कृत पनि गरिनेछ । यसैगरी, मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा पनि १९ वटै वडाको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
साथै, सान्त्वना पुरस्कार स्वरूप चार जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइएको छ । प्रदर्शनी अवधिमा मौलिक खानाका परिकारका स्टलहरू, ज्येष्ठ नागरिक सम्मान, वडा भित्रका संस्थागत तथा सामुदायिक विद्यालयबाट एसईई र उच्च माध्यमिक तहमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी सम्मान, राष्टिूय खेलाडी सम्मान, अटो मेकानिक मिस्त्री सम्मान, उद्यमशीलता सम्मान, कृषक सम्मान लगायत विभिन्न विधामा सम्मान कार्यक्रमसमेत आयोजना गरिने वडा कार्यालयले जनाएको छ । कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न ६ वटा उपसमिति गठन गरिएको पनि वडा कार्यालयले जानकारी दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*