शिक्षकहरु नैतिकवान नहुँदा विद्यार्थीहरुमा नैतिकता आउँदैनः मुख्यमन्त्री बानियाँ

मनिल महतो
५ माघ २०८२, आईतवार १७:२७

४ माघ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान समयमा नैतिक शिक्षाको महत्व बढ्दै गएको बताउनुभएको छ ।
विगतमा नैतिक शिक्षा अध्यापन हुने गरेको भएपनि अहिले नैतिक शिक्षाको अध्यापन नहुँदा समाज गलत दिशामा गइरहेको उहाँको धारणा छ । आइतबार हेटौंडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले नैतिक शिक्षालाई प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो । जेनजी आन्दोलनको क्रममा शिक्षकहरुनै भाटभटेनीमा मादकपदार्थ चोर्न गएको देखिएको बताउँदै उहाँले शिक्षकहरु नैतिकवान नहुँदा विद्यार्थीहरुमा नैतिकता आउन नसक्ने जिकिर गर्नुभयो ।
राजनीतिज्ञ र शिक्षकहरुप्रति वितृष्णा बढिरहेको वर्तमान सन्र्दभमा नैतिक शिक्षाको महत्वलाई झन बलियो बन्दै गएको उहाँको भनाई छ । जेनजी आन्दोलन प्रति लक्षित गर्दै मुख्यमन्त्री बानियाँले राजनीतिक परिवर्तनमा भ्रमको खेती हुने हुँदा शिक्षक र अभिभावकले विद्यार्थीलाई सम्हाल्नुपर्ने बताउनुभयो ।


मुख्यमन्त्री बानियाँले हिजोको शिक्षा प्रणालीले नयाँ पुस्ताको आवश्यकता पुरा नहुने बताउनुभयो । सिद्धार्थ मा.वि पञ्चायत कालदेखि जेनजी आन्दोलन सम्म भएका राजनीतिक परिवर्तनको साक्षी भएकोले अबको पुस्ताले रोजेको र खोजेको कुरा पुरा गर्ने शैक्षिक प्रणाली विकास गर्नुपर्नेमा उहाँको जोड छ ।
मुख्यमन्त्री बानियाँले बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । कृषिसंग जोडेर विद्यार्थीहरुलाई गरि खाने बनाउनुपर्ने उहाँको धारणा छ । मुख्यमन्त्री बानियाँले सिद्धार्थ मा.वि.ले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । एआईले समाजमा पैmलाउने भ्रम बारे पनि नयाँ पुस्ताले बुझ्नुपर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकोले पैसाको अभावमा पढ्न नपाउने स्थिति बागमती प्रदेशमा नरहेको दाबी गर्नुभयो । स्वर्ण महोत्सवको अवसरमा विद्यालय परिसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी तथा खाना महोत्सव समेत आयोजना गरिएको थियो । स्वर्ण महोत्सवको अवसरमा पूर्वशिक्षक, पूर्वकर्मचारी, विशिष्ट स्थानमा पुगेका पूर्वविद्यार्थीलाई सम्मान समेत गरेको थियो भने पूर्वविद्यार्थीले आर्थिक सहयोग समेत गरेका छन् ।


वडाध्यक्ष तथा मूल समारोह समिति संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममासामाजिक विकास मन्त्री कन्चन चन्द्र वादे, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, भारती पाठक, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो । स्वर्ण महोत्सव समारोहको उद्घाटन कार्यक्रम अघि प्रभातफेरीको आयोजना गरिएको थियो । वि.सं. २०७८ सालमा बागमती प्रदेश सरकारबाट ‘बिग स्कुल’ का रूपमा छनोट भएको यस विद्यालयमा इमिस अभिलेखअनुसार हाल २ हजार ३ सय ७१ जना विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*