राष्ट्रिय भवन संहिता पालना गर्नुपर्ने र सुरक्षित पूर्वाधार विकासमा जोड

स्वर्णिम खबर
३ माघ २०८२, शुक्रबार १८:४६

२ माघ, हेटौँडा । २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८२ को अवसरमा मकवानपुरमा भूकम्प सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा शहरी विकास तथा भवन कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारकिो अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रियामा शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख भूपेन्द्रकुमार यादवले भूकम्प सम्बन्धी जानकारीमूलक प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले भूकम्प के हो, किन र कसरी जान्छ, भूकम्पका संकेतहरू के–के हुन् भन्ने विषयमा जानकारी दिनुका साथै नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको तथ्य प्रस्तुत गर्नुभयो । तथ्यांकअनुसार नेपालमा भूकम्पका कारण हालसम्म ९ हजार ७ सय ९८ जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो । भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि बलियो घर निर्माण गर्नुपर्ने, राष्ट्रिय भवन संहिता पालना गर्नुपर्ने र सुरक्षित पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्काले उपमहानगरपालिकाले भूकम्प सुरक्षा सुनिश्चित गर्न गरेका प्रयासबारे प्रस्तुतीकरण दिनुभएको थियो । मकवानपुर जिल्ला चुरे क्षेत्रमा पर्ने भएकाले भूकम्पीय जोखिम उच्च रहेका बताउनुभयो । मकवानपुर जिल्लामा विभिन्न समयमा गएका भुकम्पका कारण ३३ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उपमहानरपालिकाले पुराना अस्पताल तथा विद्यालयहरूमो रेट्रोफिटिङको काम गरेको उहाँले बताउनुभयो । भुकम्प आउँदा जोगिनका लागि वडा नम्बर २ र १० मा खुला स्थानको अभाव रहेको समेत उहाँले बताउनुभयो ।
यस्तै, सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन बेस कुलेखानीका प्रमुख शसस्त्र प्रहरी निरिक्षक युवराज कार्कीले विपद् सम्बन्धी पूर्वतयारी, खोज तथा उद्धारका लागि गरिएको तयारीबारे जानकारी दिनुभयो । २ हजार ८ सय ५६ जनाले खोज तथा उद्धार तालिम प्राप्त गरेको उहाँले बताउनुभयो । १ सय ३४ जना शसस्त्र प्रहरीले गोताखोरले विशेष तालिम लिएको उहाँले प्रस्तूतीका क्रममा जानकारी दिनुभयो । भुकम्पको समयमा कसरी जोगिने, आपतकालीन सामग्री ब्याग सुरक्षित राख्नुपनेै सम्बन्धी शसस्त्र प्रहरीले डेमो सहित जानकारी गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*