कला र संस्कृतिलाई आर्थिक रुपान्तरणसंग जोड्नुपर्छः नगर प्रमुख लामा
१ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले कला र संस्कृतिलाई आर्थिक रुपान्तरणसंग जोड्नुपर्ने बताउनुभएको छ ।
हेटौंडा ४ स्थित भुटनदेवी माध्यामिक विद्यालयको चौरमा आयोजना गरिएको ८ औं थारु माघी महोत्सवमा नगर प्रमुख लामाले विभिन्न जातजातीका परम्परागत सीप, मोलिक खाना, कला संस्कृति आर्थिक रुपान्तरणसँग जोडेर अगाडि बढ्नपर्ने बताउनुभयो ।
आफ्ना इतिहाससँग जोडिएका कला संस्कृति जोगाउँदै आत्मनिर्भर बन्नुपर्नेमा उहाँको जोड रहेको थियो । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर र १० नम्बर वडामा मौलिक खानालाई प्रवद्धन गर्नका लागि स्ट्रीट फुड सञ्चालनको तयारी भएको समेत उहाँले बताउनुभयो ।
नगर प्रमुख लामाले नेपाल विभिन्न जातजाती, भाषा र संस्कृतिले भरिएको बहुजातीय र बहुसास्कृतिक सुन्दर देश भएको बताउनुभयो । सांस्कृतिक विविधता र पयावरणीय विविधताको अनुपम संगमका रुपमा नेपाल रहेको उहाँले बताउनुभयो ।

नगर प्रमुख लामाले आदीवासी जनजातीले मनाउँदै आएका चाडपर्वमा प्रयोग हुने जडीबुटी, कन्दमूल तथा मौलिक खानाले औषधिय गुण बोकेको र स्वास्थ्यका देष्लिे समेत उपयोगी हुने उल्लेख गर्नुभयो । यस्ता परम्परागत खानपान र संस्कृतिले आदीवासी जनजाती र आयूवैृद चिकित्साबीच गहिरो सम्बन्ध देखाउने उहाँको भनाई थियो । पछिल्लो समय हेटौंडा विभिन्न जातजाती र समुदायको साझा बसोबास स्थल बन्दै गएको उपमहानगर प्रमुख लामाले बताउनुभयो ।
थारु कल्याणकारी सभाकी केन्द्रिय सदस्य जानकी चौधरीले अन्य क्षेत्रबाट हेटौंडामा बसोबास गदैृ आएका थारु समुदायले आफ्नो कला संस्कृतिको पहिचान जोगाउनका लागि माघी मनाएको बताउनुभयो । थारु हाम स्टे सञ्चालनका लागिआवश्यक स्थान उपलब्ध गराइदिन उहाँले उपमहानगरपालिका समक्ष आग्ह समेत गनुृभयो ।

माघी महोत्सवमा थारु परिकारहरुको स्टलहरु समेत राखिएको थियो । घुँगीको परिकार, माछाको अचार, भुजा तीलको लड्डु लगायतका परकार स्टलमा राखिएको थियो । औपचारिक कार्यक्रम अघि झाँकी सहितको ¥याली समेत निकालिएको थियो । माघी महोत्सव मूल समारोह समिति संयोजक एवम् थारु कल्याणकारिणी समिति मकवानपुर सभापति सचिदानन्द चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४, १० र ११ का वडा अध्यक्षहरु, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, दनुवार समाज मकवानपुर अध्यक्ष कृष्ण बहादुर राई लगायतको आतिथ्यता थियो ।













