मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतद्वारा शपथ ग्रहण

स्वर्णिम खबर
८ पुष २०८२, मंगलवार १७:००

८ पुस, हेटौँंडा । बागमती प्रदेशकी नवनियुक्त मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा मंगलबार आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ता बस्नेतलाई शपथ गराउनुभएको हो । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्ता बस्नेतले शपथ लिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ, प्रदेश सरकारका मन्त्रीहरू लगायतको उपस्थिति थियो ।


मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले बस्नेतलाई गत आइतबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकार रहने व्यवस्था रहेको छ । प्रदेश सरकारलाई कानूनी विषयमा राय, सल्लाह र निर्देशन प्रदान गर्नुका साथै, प्रदेश सरकारको तर्फबाट अदालतमा उपस्थित भई प्रदेशको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत मुख्य न्यायाधिवक्ताको हुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*