विकास निर्माणको काममा स्टन्टबाजी नगरौँः मुख्यमन्त्री बानियाँ

स्वर्णिम खबर
४ पुष २०८२, शुक्रबार १६:४४

४ पुस, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले विकास, निर्माणको कार्यलाई अघि बढाउने नाममा स्टन्टबाजी नगर्न पनि तीन वटै तहका सरकारले सचेत गराउनुभयो । मुख्यमन्त्री बानियाँले विधि र प्रक्रिया नपु¥याई टेन्डर आह्वान गर्ने कामले पनि विकास, निर्माणको कामले गति लिन नसकेको बताउनु भयो । निर्माण व्यवसायीहरुलाई बैंकहरुले पनि पछिल्लो समय दुःख दिने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री, मन्त्रीले समेत आफूले काम गरेको देखाउनका लागि गैरकानूनी ढंगले टेन्डर आह्वान गर्नेलगायतका कामहरु गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।
त्यसैगरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मान मर्दन गर्नुभएको आरोप लगाउनुभयो ।
उहाँले जेन–जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरुमा निर्मम प्रहार गरिरहेको बताउनुभयो । मन्त्री घिसिङको कदमले व्यवसायीहरु हतोत्साहीत भएको उहाँको भनाई छ । मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहनुभएको आरोप लगाउँदै अध्यक्ष सिंहले असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको जस्तै भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारले पनि त्यही क्रमले निरन्तरता पाएको दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*