समयसापेक्ष प्रविधि र बजारीकरण गर्ने प्रक्रिया बारे उद्यमी जानकार हुनुपर्छः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
२ पुष २०८२, बुधबार १९:१४

२ पुस, हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले समयसापेक्ष प्रविधि र बजारीकरण गर्ने प्रक्रिया बारे नयाँ उद्यमी जानकार हुनुपर्ने बताउनुभएको छ ।
बुधबार हेटौंडा स्कुल अफ म्यानेजमेन्टले आयोजना गरेको उद्यमी पाठशाला सहजीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उद्यमी बन्न ज्ञान तथा सिप बिकासको महत्व भएको बताउनुभयो । ज्ञान र सीप पर्याप्त लिएर मात्र उद्यम गर्दा दिगो तरिकाले व्यवसाय गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
नयाँ उद्यमीहरुलाई ज्ञानहरुबारे जानकारी दिने काममा सहजीकरण गरेर हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उदाहरणीय काम गरेको बताउदै उहाँले आगामी दिनमा अन्य सँस्थाहरुले पनि यस्तै कार्य गर्नु जरुरी रहेको बताउनुभयो । आगामी दिनमा बागमती प्रदेश सरकारले उद्योग निति निर्माण गर्न सबैको सुझाव समेत आवश्यक रहेको स्पष्ट पार्नुभयो । शिक्षाप्रदायक सँस्थाले उद्यमी तथा व्यवसायी बन्न सिकाउने र केही बिउपुँजी पनि प्रदान गर्दा उद्यमी तथा व्यवसायीकरणको प्रक्रियामा कोशेढुंगा साबित हुने उहाँले बताउनुभयो ।
त्यसैगरी हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरन बहादुर जोशीले उद्यमीको नीति मात्र आवश्यक नभएको बताउनुभयो । नीतिसंगै बिउँ पुजी समेत उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ । अर्थव्यवस्था बलियो बनाउन सार्वजनिक र निजी क्षेत्रलाई भेदभाव गर्न नहुने उहाँले बताउनुभयो ।
सन २०२५ सम्ममा महाबिद्यालयले ६ बर्षको अवधिमा ४ वटा ७० भन्दा बढी बिद्यार्थीहरु सो कार्यक्रम मार्फत स्नातक भइसकेका, २५ भन्दा बढी कार्यक्रम, ५ वटा व्यवसायहरु रजिस्टर्ड भइसकेर काम भइरहेकोमा ति उद्यम कार्यक्रमहरुका लागि बिद्यार्थीहरुलाई बिउपुँजीको रुपमा २६ लाख रुपैयाँ प्रदान गरिएको कार्यक्रममा जनाइएको छ ।
यसबाट साँढे ३१ लाख भन्दा बढी रकम बराबरको बढोत्तरी भएको समेत कार्यक्रममा जनाइएको छ । मसला, डिजिटल बिज्ञापन लगायत ४ वटा विभिन्न उद्यमहरु सञ्चालनका लागि बिउपूँजी प्रदान गरिएको कार्यक्रममा जनाइएको छ । उद्यमी पाठशालामा व्यवसाय गरिरहेका हरुसँग सम्पर्क, समन्वय तथा बजारबारे रिसर्च समेत गरिने गरेको महाबिद्यालयले जनाएको छ । यसबर्ष असोजदेखि रजिष्ट्रेशन कार्यक्रम शुरु भइ पुषको दोस्रो सातादेखि तालिम शुरु भइ बैशाखभित्र यस कार्यक्रम पुरा गरिने यस कार्यक्रमको चक्र रहेको छ । कार्यक्रममा बागमती प्रदेशमा उद्यम क्षेत्रको अवस्था, अवसर र चुनौती बिषयमा उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख महेशराज पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, आर्टस स्पेशका संस्थापक प्रमिला शाह बिच प्यानल छलफल समेत गरेका छन् । उनीहरुले उद्यम गर्नका लागि बागमती प्रदेशले केही समयअघिदेखि चासो व्यक्त गर्न थालेपनि पर्याप्त निति कानुन र प्रशासकीय झन्झटमा कमी गर्नुपर्ने औल्याएका छन् । कार्यक्रममा उद्योगि, व्यवसायी तथा बिद्यार्थीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*