लालीगुराँस र चित्लाङ सेमिफाइनलमा

स्वर्णिम खबर
२८ कार्तिक २०८२, बिहीबार १९:१५

२७ कार्तिक, हेटौँडा । कास्कीको लालीगुराँस एशोसिएसन क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लब हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपको समिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा बिहिबार भएको पहिलो खेलमा बिजयी हुँदै चित्लाङले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । बर्दियाको जनजागृति क्लबलाई लालीगुराँसले २–० ले पराजित गरेको हो । लालीगुराँसको लागि खेलको १३ औं मिनटमा विज्ञान खड्का र ७० औं मिनेटमा मदन स्याङतानले गोल गरेका हुन् । खेलको प्लेयर अफ दि म्याच जय गुरुङ घोषित भए ।
त्यसैगरी दोश्रो खेलमा धनकुटाको देउराली क्लबसंग गोल रहित बराबरी खेल्दै काठमाडौँको चित्लाङ क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको हो । दुबै टिमबाट गोलको प्रयास बिफल हुँदा खेल बराबरीमा टुंगिएको हो । सो खेलमा देउरालीका पदम भट्टराई प्लेयर अफ दि म्याच घोषित भए । यो संगै समुह ए अन्तर्गतका सम्पूर्ण खेलहरु सकिएका छन् । सेमिफाइनल पुगेका दुबै क्लबहरु यही वर्ष पुसमा हुने राष्ट्रिय लिगमा समेत सहभागी हुन पाउने भएको छ ।
शुक्रबार समुह बि अन्तर्गतका अन्तिम खेलहरु हुनेछ । लिगकम नकआउटका आधारमा कार्तिक १९ गतेदेखि जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*