एन्फा प्रेसिडेन्ट कपः नव जनजागृति र काक्रेबिहार बिजयी

स्वर्णिम खबर
२५ कार्तिक २०८२, सोमबार १८:४८

२४ कार्तिक, हेटौँडा । बाराको नव जनजागृति युवा क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत निकालेको छ ।

हेटौंडा ६ गौरीटार रंगशालामा सोमबार भएको पहिलो खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २–० ले पराजित गर्दै नव जनजागृतिले पहिलो जीत निकालेको हो । नव जनजागृतिको तर्फबाट खेलको ५७ औं मिनेटमा रुजन न्यौपाने र ६२ औं मिनेट विकाश दर्लामी मगरले गोल गरेका हुन् ।

खेलको प्लेयर अफ दि म्याच नव जनजागृतिका अविनाश स्याङतान घोषित भए । उनले नगद ५ हजार समेत प्राप्त गरे । यसअघि सुर्खेतको काक्रेबिहान युथ क्लबसंग नव जनजागृतिले बराबरी खेलेको थियो भने गाईघाट दोलखाको टाइर्गस टिमसंग पराजित भएको थियो ।

त्यसैगरी सुर्खेतको काक्रेबिहार युथ क्लबले प्रतियोगिताको दोश्रो जीत निकालेको छ । सोमबार भएको दोश्रो खेलमा दोलखाको टाइगर्स टिमलाई १–० ले पराजित गर्दै काक्रेबिहार बिजयी भएको हो । काक्रेविहारका लागि रोमन भुजेलले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । काक्रेविहारका अमित लामा प्लेयर अफ दि म्याच घोषित भए । लिगमा ३ खेल खेलेको काक्रेविहारले बिहीवार तनहुँको हैरान्स क्लबलाई ३–२ गोलले पराजित गरेको थियो भने शनिबार बाराको नव जागृती युवा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । टाइगर्सले भने लिगमा दोस्रो हार बेहोरेको हो ।

टाइगर्सले बिहीबार गाईघाट फुटबल क्लबलाई २–१ गोलले हराएको थियो भने शनिबार हैरान्स क्लबसँग ५–२ गोलले पराजित भएको थियो । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । अन्तिम ४ मा पुग्ने टोली यही पुसमा हुने राष्ट्रिय लिगमा समेत सहभागि हुने पाउनेछ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*