एन्फा प्रेसिडेन्ट कपः लालीगुराँस र बिजय स्पोर्टस्को पहिलो जीत

स्वर्णिम खबर
२४ कार्तिक २०८२, आईतवार १७:४९

२३ कार्तिक, हेटौँडा । कास्कीको लालीगुराँस एशोसिएसन र कैलालीको बिजय स्पोर्टस्ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत निकालेको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा आइतबार भएको पहिलो खेलमा बर्दियाको जनजागृति युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै लालीगुँरास बिजयी भएको हो । पहिलो हाफमा एक गोल गरेको लालीगुराँसले दोश्रो हाफमा तीन गोल गरेको हो । लालीगुराँसको लागि आशीष गुरुङले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्दा यमबहादुर श्रेष्ठले एक गोल गरे । गुरुङले खेलको ३३ औं, ९० औं र इन्जुरी समयमा गोल गरे भने श्रेष्ठले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । खेलको प्लेयर अफ दि म्याच आशीष गुरुङ घोषित भए ।
यसअघि लालीगुँरासले कैलालीको बिजय स्पोर्टस्संग बराबरी खेलेको थियो । जनजागृतिको प्रतियोगितामा यो लगातार दोश्रो हार हो । त्यसैगरी आइतबार नै भएको दोश्रो खेलमा बिजय स्पोर्टस्ले धनकुटाको देउराली युथ क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको छ ।
बिजय स्पोर्टस्को लागि निरज चौधरीले ह्याट्रिक गरे भने अरुण थापाले एक गोल गरे । निरजले खेलको १२ औं, १४ औं र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे भने थापाले ४७ औं मिनेटमा गोल गरेका हुन् । देउरालीको लागि एक मात्र सान्त्वना गोल २५ औं मिनेटमा उज्ज्वल राईले गरे ।
खेलको प्लेयर अफ दि म्याच निरज चौधरी घोषित भए । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । अन्तिम ४ मा पुग्ने टोली यही पुसमा हुने राष्ट्रिय लिगमा समेत सहभागि हुने पाउनेछ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*