एन्फा प्रेसिडेन्ट कपः हैरान्सको पहिलो जीत, नवजनजागृति र काक्रेबिहार बराबरी

स्वर्णिम खबर
२३ कार्तिक २०८२, शनिबार १९:०५

२२ कार्तिक, हेटौँडा । तनँहुको हैरान्स क्लबले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपमा पहिलो जीत दर्ता गरेको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा शनिबार भएको दोश्रो खेलमा दोलखाको टाइर्गस टिमलाई ५–२ गोलअन्तरले पराजित गर्दै हैरान्सले प्रतियोगिताको ३ अंक जोडेको हो । यसअघि हैरान्स सुर्खेतको काक्रेबिहार युथ क्लबसंग ३–२ ले पराजित भएको थियो भने टाइगर्सले उदयपुरको गाईघाट फुटबल क्लबलाई २–१ ले पराजित गरेको थियो ।
खेलमा हैरान्सको लागि खेलको २५ औं र ३२ औं मिनेटमा रोहन दोङ, ४८ औं मिनेटमा समीरराज थोक, ४९ औं मिनेटमा विश्व लामा र ८८ औं मिनेटमा अनिश महर्जनले गोल गरेका हुन् । त्यसैगरी टाइर्गसको तर्फबाट खेलको ६२ औं र ६६ औं मिनेटमा विशेष लामाले गोल गरेका थिए । खेलमा २ गोल गरेका हैरान्सका रोहन दोङ प्लेयर अफ दि म्याच घोषित भए ।
शनिबार नै भएको बाराको नवजनजागृति क्लब र सुर्खेतको काक्रेबिहार युथ क्लबबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलको ३८ औं मिनेटमा काक्रेबिहारका आशिष चापागाईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर नव जनजागृतिको तर्फबाट पहिलो हाफको इन्जुरी समयमा रुजन न्यौपानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् । दोश्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र दुबै टोलीले १–१ अंक बाँडे । खेलमा काक्रेबिहारका सरिन जिशी प्लेयर अफ दि म्याच घोषित भए । लिगकम नकआउटका आधारमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*