एन्फा प्रेसिडेन्ट कप सुरुः चित्लाङको बिजयी सुरुवात, बिजयी स्पोर्ट्स र लालीगुँरास बराबरी

स्वर्णिम खबर
२० कार्तिक २०८२, बुधबार १८:२६

१९ कार्तिक, हेटौँडा । हेटौंडामा बुधबार देखि एन्फा प्रेसिडेन्ट कप २०२५ सुरु भएको छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले बिजयी सुरुवात गरेको छ । बुधबारको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लब, धनकुटालाई ४–१ को अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । चित्लाङको जितमा चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तनले गोल गरे । देउरालीका लागि भने रामचन्द्र वजीले एक मात्र गोल फर्काएका थिए । खेलमा चित्लाङका जय गुरुङ म्यान अफ दि म्याच चुनिए ।
त्यसैगरी बुधबार नै भएको दोश्रो खेलमा बिजय स्पोर्टस् क्लब कैलाली र लालीगुराँस एसोसियन क्लब कास्कीले गोल रहित बराबरी खेलेका छन् । दुबै टिमबाट गोलको प्रयास भएपनि खेल बराबरी टुंगिए संगै टोली अंक बाड्न बाध्य भए । सो खेलको म्यान अफ दि म्याच लालीगुँरासका सुरज ठकुरी घोषित भए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।
प्रतियोगितामा एन्फा फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फामा आवद्ध जिल्ला लिग बाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएको १० टोलीको सहभागिता रहेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*