अन्तिम ४ मा स्थान सुरिक्षत गरी राष्ट्रिय लिग खेल्ने क्लबहरुको लक्ष्य

स्वर्णिम खबर
१९ कार्तिक २०८२, मंगलवार १८:२५

१७ कार्तिक, हेटौँडा । एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौंडामा बुधबारदेखि सुरु हुँदै छ ।
हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन २ वटा खेल हुनेछ । पहिलो खेल चित्लाङ फुटबल क्लब काठमाडौँ र देउराली युथ क्लब धनकुटा तथा दोश्रो खेल बिजय स्पोर्टस् क्लब कैलाली र लालीगुराँस एसोसियन क्लब कास्की बीच हुनेछ । मंगलबार आयोजित प्रि म्याच कन्फ्रेरेन्समा सहभागी टोलीहरुले उपाधि जित्ने दाबी गरेका छन् ।
टोलीमा स्थानीय खेलाडी र राष्ट्रिय खेलाडीको संयोजन राम्रो रहेको उनीहरुको भनाई छ । प्रतियोगिताको अन्तिम ४ मा स्थान सुरिक्षत गरी राष्ट्रिय लिग खेल्ने आफुहरुको लक्ष्य रहेको क्लबका प्रशिक्षक र क्याप्टेनले बताएका छन् । एन्फाले प्रतियोगिताको तयारी स्वरुप उपलब्ध गराएको ७ लाख रुपैंया अपुग भएको सहभागी क्लबहरुको गुनासो छ । प्रतियोगितामा एन्फा फुटबल विकास कार्यक्रम अन्र्तगत एन्फामा आवद्ध जिल्ला लिग बाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएको १० टोलीको सहभागिता रहेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । लिगमा कोशीमा प्रदेशबाट गाईघाट फुटबल क्लब उदयपुर र देउराली युथ क्लब धनकुटा, मधेश प्रदेशबाट नव जागृति क्लब बारा, बागमती प्रदेशबाट चित्लाङ फुटबल क्लब काठमाडौँ र टाईगर्स टिम दोलखा, गण्डकीबाट हैरान्स क्लब तनहु र लालीगुराँस एसोसियन क्लब कास्की, लुम्बिनीबाट जनजागृति युवा क्लब बर्दिया, सुदुरपश्चिमबाट बिजय स्पोर्टस् क्लब कैलाली र कर्णालीबाट काक्रेविहार युथ क्लव सुर्खेत सहभागि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*