छानीछानी सरकारी संस्थामा आगजनी गर्नेलाई नेपाली भन्न सकिँदैनः प्रधानमन्त्री कार्की
२९ भाद्र, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताउनुभएको छ ।
सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आगजानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताउनु भयो । यो देखेर आफूलाई लाज लागेको पनि उहाँले बताउनुभयो । नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उहाँको प्रश्न छ । प्रधानमन्त्री कार्कीले सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली भन्न नसकिने बताउनुभयो । उहाँले यसप्रकारको घटना पहिलो पटक भएको पनि उल्लेख गर्नुभयो । उहाँले पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गर्नुभयो । प्रधानमन्त्री कार्कीले आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिनुभयो ।
उहाँले प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताउनु भयो । जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिए ।













